बर्दिवास नगरपालिकामा बिजलपुरा युवा समाजद्वारा राहत प्रदान

गौशालाः बर्दिवास नगरपालिका –१३ बिजलपुरा बस्ने रामवीर राउतलाई बिजलपुरा युवा समाजद्वारा राहत प्रदान गरेको छ ।
बर्दिवास न.पा. वडा नं. १३ घर भएका बस्ने वर्ष ३० का रामवीर राउतलाई उक्त संस्थाले आईतबार राहत उपलब्ध गराएको हो । राउतको शारिरीक अवस्था कमजोर भएको कारण राउतलाई नगद १५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको केन्द्रिय अध्यक्ष सगिन्दर राउतले जानकारी दिए ।
राहत वितरण संस्थाका केन्द्रिय अध्यक्ष सगिन्दर राउत , कोषाध्यक्ष उपेन्दर राउतको सहमति र सचिव रामसुनर राउतको उपस्थितिमा भएको छ । सो कार्यक्रममा स्थानीय, बुद्धिजीवी, समाजसेवी, शिक्षकगण,युवाहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार