आन्दोलित विद्यार्थीहरू एक हप्ताका लागि निलम्बित

महोत्तरी : शैक्षिक सत्रको सुरुवातदेखि नै शिक्षक अभावको कारण देखाउँदै नियमित पठनपाठन नभएको भन्दै राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन्।

 

उनीहरू आइतबार गौशाला औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि चक्काजाम गरेर प्रदर्शन गरेका हुन्। गेट अगाडि नै टायर बालेर सडक जाम गर्न पुगेका विद्यार्थीहरू नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने जोडदार माग गर्दै आएका छन्।
विद्यार्थीहरूले शिक्षककै कारण पठनपाठन अवरुद्ध भएको भन्दै आफूहरू आन्दोलित भएको बताएका छन्। सम्बन्धित पक्षले बारम्बार झुठो आश्वासन देखाएर हामीहरूसँग प्रत्यक्ष रूपमा खेलवाड गरेको भन्दै आफूहरू आन्दोलित भएको विद्यार्थीहरू बताएका छन्। उनीहरूले जसरी पनि शिक्षकको पदपूर्ति भएर पढाइ लेखाइ हुनुपर्ने मुख्य माग माग्दै आएका छन्।

आन्दोलित विद्यार्थीहरू एक हप्ताका लागि निलम्बित

विद्यार्थीहरू आन्दोलित भएर विद्यालयमा अनुशासनहीन काम गरेको भन्दै विद्यालयले उनीहरूलाई कारवाही गरेको छ। प्रधानाध्यापक शुभकरण यादवका अनुसार विद्यालयका कक्षा ९ र १० मा विद्यार्थीहरूलाई एकहप्ताका लागि निष्काशन गरिएको जनाएको छ। आन्दोलन साम्य भएपछि विद्यालय आएका नगरप्रमुख डा दिपेन्द्र महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादव लगायतका पदाधिकारी र अभिभावक समक्ष उनीहरूलाई एक हप्ताका लागि निलम्बित गर्नका लागि मौखिक आदेश दिएको प्रधानाध्यापक यादवले बताए।


वन्दोवस्तमा लागेको नगरप्रमुख डा. महतो

विद्यार्थीहरु पछिल्लो समयमा आएर अनुशासनहीन भएपछि उनीहरुलाई एकहप्ताका लागि निलम्बित गरिएको नगरप्रमुख डा. दिपेन्द्र महतोले बताए ।

विद्यालयमा गएर विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र शिक्षकहरुसँग छलफल गरेर केही समयका लागि विद्यार्थीलाई निष्काशन गरिएको नगरप्रमुख डा महतोले बताए । उनले भने, ‘श्री मावि निगौलबाट कक्षा ९ र १० का विषयगत शिक्षक त्यहाँ गएर पढाउँदै आएको छ । यसविचमा नगर शिक्षा संयोजक संजय सिंहले विद्यालयमा गएर विद्यार्थीलाई सम्झाएर समेत आएको थियो । मैले पनि फोनमार्फत त्यहाँका विद्यार्थीहरुसँग कुराकानी गरेकै थिए ।’


विद्यार्थीहरु कसैको उस्काहटमा आएर आन्दोलित भएको नगरप्रमुख डा महतोको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार