Friday 14th of June 2024

गौशाला प्राविधिक टेक्नीकल क्याम्पसद्वारा स्वागत तथा अभिमुखि कार्यक्रम सम्पन्न ।

0 Shares

गौशाला: गौशाला प्राविधिक टेक्नीकल क्याम्पसद्वारा स्वागत तथा अभिमुखि कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकाको वडा नं. १२ स्थित रहेको गौशाला प्राविधिक क्याम्पसद्वारा स्वागत तथा अभिमुखि कार्यक्रम गरेको छ । तीन वर्ष अगाडि संचालन भएको क्याम्पसमा ४० जनाको क्षमता भएको क्याम्पसमा पहिलो वर्ष २७ जनाले मात्र विद्यार्थी पठन पाठन गर्न आएको थियो भने दोश्रो वर्षमा ३० जना र तेश्रो वर्षमा क्षमता अनुसारको ४० जना विद्यार्थी भर्ना भए लगतै पहिलो र दोश्रो वर्षका विद्यार्थीहरुले यस वर्ष भर्ना भएको विद्यार्थीहरुको लागी स्वागत कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

कार्यक्रममा पहिलो वर्ष र दोश्रो वर्षका विद्यार्थी भाईबहिनीले स्वागत मन्तव्य राखी तेश्रो वर्षको पहिलो सेमिस्टर भर्ना भएका विद्यार्थीहरुलाई माला र खाधा लगाई प्रोत्साहन बढाएको छ । यस क्याम्पसमा रौतहट, सुनसरी, आछाम लगायत १४ जिल्लाका विद्यार्थीहरुले पठनपाठनको निम्ती यस क्याम्पसमा भर्ना भएको सिकिन्द्र महतोले बताए । कार्यक्रममा दोश्रो वर्षकी दिपिका महतोले हाम्रो जिन्दगीको महत्वपूर्ण यो ३ वर्ष भएकोले हाम्रो जीवनको बाटो नै प्राविधिक शिक्षा भएकोले हामी सबैले अनुशासनमा बसी बाटो तय गर्ने बेला भएको बताए । यस कार्यक्रमका सभाअध्यक्ष काशी महतो र प्रमुख अतिथि गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महतोले अनुशासनमा रही शिक्षा हासिल गर्नमा जोड दिएका थिए । महतोले वर्षैदेखी जरजर अवस्थामा रहेको विद्यालयहरुमा चाडै नै आवश्यक अनुसारको सेवा सुविधा उपलब्ध गराई शिक्षालाई सुधार गर्ने मेयर महतोले बताए । सभाअध्यक्ष काशी महतोले आफ्नो मन्तव्य राखी कार्यक्रमको समापन गरेका थिए ।


स्वागत कार्यक्रममा निगौल मा.वि.का प्र.अ. जितेन्द्र महतो, वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहा, स्वास्थ्यचौकीका रमेश महतोले आ–आफ्ना मनत्व्य राखेका थिए ।
सो कार्यक्रममा मा.वि. कान्तिबजार स्कुलका प्र.अ. देवी प्रसाद, भु.पु. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश महतो, समाजसेवी लक्ष्मी महतो, राजाराम महतो, शिक्षकगण, पत्रकार, छात्र–छात्राहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया