Sunday 16th of June 2024

गौशाला नगरपालिकामा अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईयो

0 Shares

गौशाला : महोत्तरीको गौशाला नगरपालिकामा अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस भनाईएको छ । गौशाला नगरपालिका वडा नं. ५ स्थित रहेको त्रिभुवन मा.वि.मा एक कार्यक्रमको आयोजना गरी नगरभित्र रहेको सम्पूर्ण विद्यालयबाट विद्यार्थीहरुलाई बोलाई कार्यक्रममा सहभागी गराईएको थियो । सो कार्यक्रम महोत्तरी युवा संजालको आयोजना र रामनगर युवा संजाल, रुपान्तरण नेपाल महोत्तरीको सहकार्यमा समापन भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेको गौशाला न.पा.का नगरप्रमुख दिपेन्द्र महतोले महिनाबारी प्रत्येक महिलाको महिनाको अन्तिममा प्रकृतिले दिएको देन भएकोले महिनावारी भएको बेला लाज नमानी आ–आफ्नो अभिभावकलाई मासिकश्राव भएको पिडाको बारेमा जानकारी गराउनुपर्छ यसबाट अभिभावाकले समय मै ध्यान दिई आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्न सहज हुने बताए । घरमा महिला अभिभावक नभए प्ुरुष अभिभावकसंग निर्धक्क रुपले बताउनु पर्नेमा जोड दिए । आफु महिला सम्बन्धि स्वास्थ्यकर्मी भएकोले आउने समस्याहरुको बारेमा जानकारी भएकोले सबै महिलाहरुलाई समयमै ध्यान दिन अत्यन्त जरुरी भएको मेयर डा.महतोले बताए । महतोले गौशाला नगरपालिकाको प्रत्येक सामुदायिक विद्यालयको शौचालयमा एउटा बक्स राखी पैडको व्यवस्थापन गर्ने प्याकेज चाँडै नै ल्याउने बताए ।

 

प्रतिक्रिया