Friday 14th of June 2024

व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचारजन्य घटनाका कमी नआउने

0 Shares

धनवीर महतो
(वर्दिवास) महोत्तरी / व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचारजन्य घटना समाजबाट न्युनिकरण हुन नसक्ने एक कार्यक्रमकाबीच वक्ताहरुले बताएका छन् । शुक्रवार भ्रष्टाचार विरुद्धको अन्राष्टिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिवासले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमकाबीच बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।


मधेश प्रदेश सरकारका मुख्य सचिव कृष्णवहादुर राउतले वर्तमान सिस्टमलाई सुधार गर्ने हो भने क्रमिक रुपमा यस्ता घटनाहरुमा कमी आउनेमा विश्वास दिलाएका छन् । विद्यालयस्तरबाटै यस्ता सुधारोन्मुख व्यवस्थाको सम्बन्धमा प्रशिक्षण दिनुपर्नेमा मुख्य सचिव राउतले जोड दिएका हुन् । उनले भने, ‘वजेट दुरुपयोगमा कार्यालयकै कर्मचारी मुख्यतः दोषी रहेका हुन्छन् । हामी सरोकारवाला निकायलाई ईमान्दारीतापुर्वक यसतर्फ समयमै ध्यान दिनुपर्ने आवश्यक छ । समाजिक स्तरमा रहेको यस्ता तत्वहरुले अहिलेको सिस्टम उपर नै पकड जमाएको छ । वर्तमान परिवेशमा यस सिस्टमलाई सुधार गर्ने हो भने यस्ता तत्वहरु क्तमिक रुपमा न्युनिकरण अवश्य नै हुनेछ ।’
उपभोक्ता समितिबाटै भ्रष्टाचार भईरहेको घटनाहरु सार्वजानिक भईरहेकोर्ले सवैले जिम्मेवारीपुर्वक राष्ट्रमुखी भुमिकामा आउनुपर्नेमा जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए । स्थानिय व्यक्तिको प्रत्यक्ष लाभ हुने तवरले गठन भएको उपभोक्ता समितिले विकास निर्माणको पथमा फलदायी भुमिका निर्वाह गर्दै आएको प्रमुख साहको दावी रहेको छ । टेण्डर प्रक्रिया वा कोटेशनमार्फत गराएको काम भन्दा उपभोक्ता समितिद्वारा गराईएको विकास निर्माणको काम गुणस्तरीय हुने भएकोले राष्ट्र निर्माणका लागि उपभोक्ता समितिबाट अन्यले सन्तोषजनकतवरले कार्य गर्न नसक्ने उनको धारणा रहेको छ ।


कर्मचारी र जनप्रतिनिधीले गरेको भ्रष्टाचारको घटनामा धेरै नै फरकपन रहेको मधेश प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख सतार अन्सारीले बताए । उनले भने यी दुवैको घटनाको अनुसन्धानको क्रममा धेरै नै फरकपन रहेको छ । गत बर्ष ५ हजार कर्मचारीलाई प्रशिक्षण दिईसकेको केन्द्रले यस आर्थिकबर्षको अहिलेसम्म १ हजार ३२५ जनालाई प्रशिक्षित गरिसकेका छन् ।
उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणका लागि पठाईएको वजेट अनुदानमा अधिक विकृतहरु रहेकोले यसतर्फ ध्यान दिनुपर्ने आवश्यक रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । उनले समाज परिवर्तन नभएसम्म राजनितीक पहुँच र कर्मचारीतन्त्रमा परिवर्तन असम्भव रहेको धारणा राखेका छन् । कार्यालय प्रमुख स्वच्छ छविको भएमात्र कर्मचारीहरु ईमान्दारीतापुर्वक र सन्तोषजनक रुपमा कार्यसम्पादन गर्ने भएकोले प्रशासनिक कर्मचारीको छनौट गर्दा यसतर्फ ध्यान दिनु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी गौतमको तर्क रहेको छ ।


महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले योजना संचालन भएको क्रममा सम्बन्धित सरोकारवाला निकाय पक्षबाट समय समयमा अनुगमनको आवश्यक्ता उपर जोड दिएका छन् । स्टिमेट तयार गर्नेदेखि लिएर वजेट फर्छौट नहुन्जेलसम्म स्थानियस्तरमा रहेको सरोकारवाला पक्षले समयमै सकारात्मक भुमिका निर्वाह गरेमात्र सुशासन कायम रहनेमा उनको जोड रहेको छ ।
प्रदेशस्तरीय समीक्षा कार्यक्रममा मधेश प्रदेश सरकारका मन्त्रालयगत सचिवहरु, नेपाल प्रहरीका डीआईजी मकसुद आलम, सशस्त्र प्रहरी गण मधेश प्रदेशका गणपति गणेश ठाडा मगर, विभिन्न सरकारी तथा गैरसरकारीक्षेत्रका व्यक्तिहरु, संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिवासमा प्रमुख गोपाल कुमार अधिकारीले गरेका थिए ।

प्रतिक्रिया