Wednesday 15th of January 2025

भारतमा सिलिन्डर विस्फोट हुँदा पाँचको मृत्यु, ५० जना घाइते

0 Shares

नयाँदिल्ली : पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।

 

राजस्थानको राजधानी जयपुरबाट  चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो।

मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन्।  घाइतेहरू सबै जलेका  र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरूलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ।

अधिकारीहरूका अनुसार यो घटना बेहुलाको घरबाट जुलुस निस्कनु अघि नै भएको थियो। कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ।

भारतमा आकस्मिक विस्फोटहरू सामान्य छन् किनभने मानिसहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन्

प्रतिक्रिया