Sunday 16th of June 2024

मेघालयमा ड्रोनबाट औषधी पुर्याइयो

0 Shares

नयाँ दिल्ली / भारतको दुर्गम राज्य मेघालयको अति विकट स्थानमा पहिलो पटक चालकरहित हवाई उपकरण ड्रोनको मार्फत औषधी पुर्याएको जनाइएको छ ।
पूर्वोत्तर मेघालय राज्यको पश्चिम खासी हिल जिल्लाको सदरमुकामबाट २५ किलोमिटर टाढामा रहेको स्वास्थ्य केन्द्रमा पहिलो पटक चालकरहित हवाई उपकरण ड्रोनको माध्यमबाट औषधी पुर्याइएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको हो ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दुर्गम क्षेत्रका जनताको सुविधाका लागि ड्रोनमार्फत् औषधि पुर्‍याइएको राज्यका मुख्यमन्त्री कोनराड के सङ्माले जनाएका छन् ।
राष्ट्रिय स्वास्थ्य नियोगको सहकार्यमा भारतीय कम्पनी टेकइगलले औषधि पुर्याउन ड्रोन उत्पादन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यसअघि दक्षिण भारतको तेलङ्गाना राज्यको विकरावाद जिल्लामा पनि ड्रोनमार्फत् १२ किलोग्राम औषधि एवम् खोप पुर्‍याइएको थियो । छोटो समयमा लामो दूरी तय गर्न सक्ने एवम् पहाडी इलाकामा पनि सजिलै उडान भर्न सक्ने भएकाले औषधि पुर्‍याउन ड्रोनको प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया