गौशाला न.पा.को महासंग्राम फुटबल प्रतियोगितामा रोयल स्टार जनज्योती क्लब रौतहट बिजयी

गौशालाः महोत्तरीको गौशाला नगरपालिका वडा नं. ४ स्थित विरता स्पोर्ट क्लवद्वारा आयोजित २०७९ पुष ३ गते स्व. रामलखन चौधरी स्मृति कप प्रदेश स्तरीय फुटबल प्रतियोगिताको ११औ संस्करणमा भएको दोश्रो दिनको फुटबल प्रतियोगितामा रोयल स्टार जनज्योती क्लब रौतहट ५–१ ले बिजयी भएको छ । आजको खेल रोयल स्टार जनज्योती क्लब रौतहट र मेमोरीयल यूथ क्लब धनुषा बीच भएको छ ।
रोयल स्टार जनज्योती क्लब रौतहटले फुटबल खेल शुरु भएको दश मीनेटमा पहिलो गोल जर्सी नं. ७ का सागर चौधरीले लगाएका थिए भनै खेलको ४५ मीनेट भित्र जर्सी नं. ७ का सागर चौधरी र जर्सी नं. १२ संन्देश चौधरीले दुई–दुई गोल लगाएका थिए । त्यसैगरी ४५मिनेट पछिको खेलमा जर्सी नं. १२ का ओम चौधरीले एक गोल लगाई ५–१ ले बिजयी बनेका छ । त्यसैगरी मेमोरीयल यूथ क्लब धनुषाले पेनाल्टी लिन सफल भई एक गोल लगाएका थिए ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ६० हजार,कप, प्रमाण पत्र , मेडल सहित , दोस्रोलाई नगद ३० हजार,कप प्रमाण पत्र मेडल र म्यान अफ द टुर्नामेन्टलाई नगद २ हजार प्रदान गरिने विरता स्पोर्टस क्लव गौशालाका सचिव इन्दल कुमार राउतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार