महोत्तरीका १ सहित ७ जना नक्कली डाक्टर पक्राउ

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महोत्तरीका १ जनासहित देशरबाट नक्कली डाक्टर बनेको आरोपमम ७ जनालाई पक्राउ गरेको छ ।

एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेको आरोपमम ७ जनालाई पक्राउ गरि सीआईबीले सोमबार सार्वजनिक गरेको हो ।

ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् ।

काउन्सिलमा दर्ता भएका डाक्टर मध्ये सप्तरीका मोहमद सिद्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल, धनुषाका मोहम्मद शाहिद राजा चाबहिलको दीर्घायू अस्पताल र मनाङका दीपेन्द्र गौतम रूकुमको चौरजाहरी मिसन अस्पतालमा कार्यरत रहेको थापाले बताए ।

उनीहरुविरुद्ध लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गर्ने थापाले बताए । उनका अनुसार पक्राउ परेका सप्तरीका अखिलेखकुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुरका फराज हुसेन खाँ चाँहि कतै पनि काम गर्न थालेका थिएनन् ।

प्रतिक्रिया