Sunday 16th of June 2024

गौशाला नगरपालिकाभित्रका रहेका अपाङहरुलाई परिचय–पत्र वितरण

0 Shares

गौशालाः महोत्तरीको गौशाला नगरपालिकाले नगर भित्र रहेको महिला तथा पुरुष अपाङहरुलाई परिचय–पत्र वितरण गरेको छ ।
शुक्रबार गौशाला नगरपालिकाको उपमेयर रेणु महतोको अध्यक्षतामा नेपाल सरकारले निर्धारण गरेको कार्यक्रम अनुसार नगर भित्र रहेको महिला तथा पुरुष अपाङहरुलाई नगरपालिकाको महिला वालबालिका तथा जेष्ठ नागरिकको कार्यकक्षमा स्वास्थ्य परीक्षण गरी मापदण्ड अनुसारको परिचय–पत्र वितरण गरेको छ ।
गौशाला नगरपालिका भित्र रहेको महिला तथा पुरुष गरी १५ जनाको स्वास्थ्य परीक्षण गरी मापदण्ड अनुसारको परिचय–पत्र वितरण गरेका प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक पुजा साहले बताईन ।
उक्त कार्यक्रममा महिला वालबालिका तथा जेष्ठ नागरिकका कार्यालय प्रमुख अस्मिता शर्मा, विनिता कुमारी, शिक्षक संघका सदस्य जितेन्द्र कुमार सिंह, पत्रकार तथा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया