
धनवीर महतो
महोत्तरी ।
खसीको हलाली (मासु) विक्री गरेर स्थानिय वजारबाट मगन्य आम्दानी नभएपछि गाँउकै साहुकहाँ जागिर बसेका सम्सी गाँउपालिका २ का ३७ बर्षिय खुर्सैद अन्सारीको साहुवाट नै हत्या भएको छ । हलालीको आम्दानीले ६ सन्तान, एक श्रीमती, एक हजुरआमा गरि ८ जनाको परिवार पाल्नलाई धौ धौ भएपछि वाध्य भएर गाँउकै साहुकहाँ जागिर वसेका अन्सारीको जागिरकै क्रममा हत्या भएको छ ।
स्थानिय अव्दुश सलामले एकहप्ता अगाडि मासिक १५ हजार रुपैयाँ पारिश्रमीक दिने गरि खुर्सैदलाई किराना पसलमा जागिर दिएका थिए । खुर्सैदले प्रायः दिनभरि नै साहुजीको निर्देशन अनुसार किराना पसलमा डयुटी गर्दै आएका थिए ।
गत वुधबार एका विहानै डयुटीमा आएका श्रीमान् घर फर्कन नपाउदै संसार त्यागेको मृतककी श्रीमती रसिदा खाुतनले बताईन् । उनले भनिन्, ‘डयुटीमा रहेको श्रीमान्लाई साहुजीले विना कारण १२ घण्टासम्म अनेकौ शारिरीक रुपमा चरम यातना दिएको थियो । ७२ घण्टासम्म उपचार गर्दा समेत चिकित्सकले श्रीमान्को ज्यान बचाउन सकेनन् । उपचारकै क्रममा श्रीमान्ले ज्यान गुमाए ।’
अन्य दिन विहान १० बजे पसलमा जाने खुर्सैदलाई साहुजीले त्यसदिन विहान ४ बजे नै पसलमा वोलाएका थिए । ज्यान मार्ने उद्देश्यले नै साहुजीले त्यसदिन श्रीमान्लाई लगिएको मृतककी श्रीमती रसिदाले बताईन् । रसिदाले संचारकर्मी समक्ष भनिन्, ‘पसलमा जरुरी काम छ भन्दै स्थानिय साविर शेखले श्रीमान्लाई मोटरसाईकलको पछाडि बसाएर लगेका थिए । कुनै किसिमको रिसईवी थिएन् । साहुले अर्हाएको काम गर्दै आएको थियो । जहिले नि श्रीमान् घर फर्किदा खुशी नै रहन्थ्यो ।’
गत वुधबार दिउँसोको समयमा अचेत अवस्थामा सडकको छेउमा खुर्सैद फेला परेपछि गाँउलेले ईलाका प्रहरी कार्यालय गौशालामा खवर गरेका थिए । सुमयमै घटनास्थल पुगेका प्रहरीले स्थानियको सहयोगमा रगतमय अवस्थामा अचेत रहेको खुर्सैदलाई उपचारको लागि जनकपुरस्थित जानकी हेल्थकेयरमा भर्ना गराए । त्यहाँ उपचारको क्रममै आईतबार विहान १० बजेको समयमा खुर्सैदको ज्यान गएको मृतकका भाई जसमेद अन्सारीले बताए ।
यस्तो थियो घटना
गत बुधबार बिहान करिब ४ बजे घरबाट हिँडेका अन्सारी अपराह्न ३ बजे गाउँकै नालामा अचेत अवस्थामा फेला परेका थिए । उनलाई पसलमा जर्वजस्ती लागुऔषध खुवाएर वेहोश बनाएको र कुटपिट गर्दै चरम यातना दिई अमानवीय व्यवहार गरेका थिए । जसको कारण उनको ज्यान गएको छ ।
गत बुधबार नै अन्सारीलाई चरम यातना दिएको भिडियोसमेत सार्वजनिक भएको छ । जुन भिडियो आरोपी शेष अब्दुस सलामले बनाउन लगाएको छ । छेउमै मोटरसाईकल ग्यारेज संचालन गर्दै आएका साविर शेखले सो भिडियो आफ्नो मोवाईलमार्फत खिचिएको हो । साविरले अब्दुसको निर्देशन अनुसार घटनाको पुणर् विवरण मोवाईलमा कैद गरेका हुन् । त्यस्तै अब्दुसलाई सहयोग गर्ने अर्का व्यक्ति हुन् स्थानिय जिन्वा शेख । जसले अब्दुसले अर्हाएको काम सहजै रुपमा गर्दै आएका छन् ।
भाईरल भएको भिडियोमा मृत्यु भएका अन्सारी र कुटपिटमा संलग्न अव्दुसको पूरा शरीरको दृश्य देखिएको छ । भिडियोमा अन्सारीको कट्टु खोलेर उनको मलद्वारमा आगो लगाउने प्रयास गरिरहेको छ । त्यस्तै हात वाँधिएको खुर्सैदलाई निर्ममतापूर्वक कुटपिट गरेको देखाईएको छ । साहु भनिने अव्दुसले उनलाई कुटपिट गर्नुका साथै मलद्वारमा उखुको लौरो हालेको दृश्य देखाईएको छ ।
भिडियोमा आरोपी शेष अब्दुस सलामले बजारमा काटेको एक खसीको हिसाब नदिएको र बुधबारसमेत खसी किन्न नगएको रिसमा अन्सारीलाई चरम यातना दिएको भिडियोमै संवादको दृश्यमा देखाईएको छ । अन्सारीले आफूले कुनै चोरी नगरेको र खसीको हिसाबसमेत दिने भनिरहँदासमेत उनीमाथि निर्ममतापूर्वक कुटपिट गरिएको छ । अन्सारीले पहिले आफैँ खसी काट्ने गरेकोमा उनीसँग पुँजी अभाव भएपछि शेष अब्दुस सलामले आफ्नो किराना पसल र खसी काट्ने काम हेर्ने गरी मासिक १५ हजार तलबमा काममा राखेका थिए । उनले पसल हेर्नेदेखि घरको काम, चिया बनाउने, खाना बनाउने र बजार लागेको दिन खसी काटेर मासु बेच्दै आएका थिए ।
मृतक अन्सारीका भाइ मोहम्मद जमसद अन्सारीले आफ्नो दाजुलाई चरम यातना दिएर हत्या गरेको बताएका छन् । उनले दाजुको मलद्वारमा खुर्सानी, फर्निचरको धुलो र टमाटरसमेत कोचेको बताए । ‘मेरो दाइको जिउभरि करेन्ट लगाइयो, आगोले जलाइयो र फर्साले अनुहारसमेत काटियो,’ उनले भने ।
सहयोगको अपेक्षामा परिवार
गाँउको पश्चिमतर्फ ऐलानी ३ धुर फुसको घरमा जसोतसो घरगृहस्थी चलाउँदै आएको खुर्सैदको हत्या भएपछि उनको परिवार विचल्लीमा परेका छन् । आर्थिक अवस्था अत्यन्त न्युन रहेको खुर्सैदको पुरै परिवार नै अहिले टुहुरो बनेको छ ।
उनको २० बर्षको जेठो छोरा वैदेशिक रोजगारको शिलाशिलामा भौतारिदै छन् । कान्छा छोरा भर्खर कक्षा २ मा स्थानिय सरकारी विद्यालयमा अध्ययनरत छन् । उनको एक छोरी नावालिग छिन् । जुन आमासँगै सकि नसकि गाँउमा मजदुरी गरेर परिवार पाल्न सहयोग गर्दैछिन् । मृतकका परिवारका अनुसार घटनापछि कुनै पनि जनप्रतिनिधी अहिलेसम्म घरमा आफुलाई भेटन नआएको गुनासो पोखेका छन् । उनीहरुले आरोपीलाई कडाभन्दा कडा सजायको माग प्रशासनसमक्ष गरेका छन् ।
प्रहरी भन्छन्, आरोपी कसैलाई छ्ुट छैन्
घटना घटेकै दिन घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गौशालाको टोलीले घटनाका मुख्य नायके अब्दुस सलामलाई पक्राउ गरेका छ । प्रहरी नियन्त्रणमा रहेको अब्दुस उपर ज्यान मार्ने उद्योग र अमानवीय व्यवहार मुद्दा चलाईएको छ । उनलाई सोही मुद्दामा म्याद थप गरि सुक्ष्म रुपमा अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए । अन्य दुई जना उनका सहयोगीहरु फरार रहेको उनीहरुको खोजी कार्य तीव्र रुपमा भईरहेको प्रहरी निरीक्षक मिश्रले बताए । प्रहरी निरीक्षक मिश्रले भने, ‘यस घटनामा संलग्न कसैलाई छुट छैन् । यस जघन्य अपराधमा संलग्न हरेकलाई कानुन अनुसारको कारवाही हुनेछ ।’
घटनाका मुख्य नायके अब्दुस अन्सारी उपर २०६९ सालदेखि नै विभिन्न समयमा विभिन्न किसिमको मुद्दा चल्दै आएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।