Monday 17th of June 2024

महोत्तरीकाे अाैरहीमा एक विहानै बच्चालाई अपहरण गर्न खोजेपछि…

0 Shares

महोत्तरी- महोत्तरीमा विहानै बच्चा अपहरणकाे प्रयास गर्नेलाई गाउँलेले समातेर प्रहरीलाई जिम्मा लगाएकाे छ ।

औरही नगरपालिकामा एक बच्चालाई अपहरण गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

औरही नगरपालिका ७ बस्ने सुरेन्द्र महतो को १ वर्षीय छोरा आदित्य कुमार महतोलाई अपहरण गर्न खोजेको बताइएको छ ।

सुरेन्द्र महतोको अनुसार बच्चा घर मै खेली रहेको समयमा एक अपरचित ब्यक्तिले  अपहरण गर्न खोज्दा स्थानीयहरुले उनलाई नियन्त्रणमा लिई  ईलाका प्रहरी कार्यालय रामगोपालपुरमा जिम्मा लगाएको छ ।

इप्रका रामगोपालपुरले घटना बारे साेधपुछ तथा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया