Tuesday 11th of February 2025

गृहमन्त्री साहले मगही भाषामा सपथ लिने

0 Shares

काठमाडौं : मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले आफ्नो मातृ भाषा मगहीमा सपथ लिने भएका छन्। शुक्रबार दिउँसो १ बजे प्रदेशसभाका जेष्ठ सदस्य गोविन्द न्यौपानेबाट उनले सपथ लिने भएका हुन्।

महोत्तरी क्षेत्र नम्बर १ (ख)बाट जितेका मन्त्री साह माओवादी केन्द्रबाट मधेस प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुन्।

मधेसमा गोविन्द न्यौपानेले सांसदहरूलाई सपथ खुवाउने

मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनियताको सपथ लिने भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार दिउँसो २ बजे सपथ खुवाउन लागेका हुन्। सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।

मधेसमा गोविन्द न्यौपानेले सांसदहरूलाई सपथ खुवाउने

नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरीको ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले सपथ गराउने छन्।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउने उनले बताए।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम सपथ लिनुपर्ने व्यवस्था छ। यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व छ।

प्रतिक्रिया