‘तपाईको मास्क खै’ अभियान सुरु


रामनारायण यादव, सप्तरी । सप्तरीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘मास्क खै’ अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार १५ बुदें निर्देश जारि गरेका छन् ।

कोभिड–१९ को जोखिम बढेको भन्दै सप्तरीमा प्रशासनले आज (बुधबार) विहान देखि सर्वाँधारहरुलाई रोकेर मास्क खै अभियान सुरु गरेको हो ।

कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईको मास्क खै’ अभियान सुरु गरिएको हो ।
सवारी चालकलाई र सहचालकलाई अनिवाय रुपमा मास्क लगायन प्रशसानले निर्देशन दिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने प्रशासनले जनाएको छ ।

छिमेकि मुलुक भारतमा कोरोना संक्रमणको दर बढेसँगै सप्तरीमा सतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार