Monday 9th of December 2024

वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत उप केन्द्र गौशालाबाट परामर्श लिनेको संख्यामा पछि वृद्वि

0 Shares

गौशाला नगरपालिकामा रहेको सुरक्षित आप्रावासी सामी परियोजनाबाट वैदेशिक रोजगारमा जानेहरु सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत उप केन्द्र गौशालाबाट परामर्श लिनेको संख्यामा कोरोनाकाल पछि वृद्वि भएको छ । चालु आर्थिक वर्षमा हालसम्म उपकेन्द्रबाट परामर्श तथा सिपमुलक तालिम लिनेहरुको संख्या १ हजार बढी रहेको गौशाला उपकेन्द्रका संयोजक विनित कुमारसाहले बताएका छन् । उनले वैदेशिक रोजगारमा जान चाहनेका लागि निशुल्क सिप तथा परामर्श उपकेन्द्रबाट प्रदान गरिदै आएको जनाउनु भयो । विदेश जाने क्रममा हुन सक्ने ठगी तथा जोखिमलाई न्युनीकरण गर्न पहिल्यै सचेत हुन सकेमा वैदेशिक रोजगार हुनेमा जोखिमलाई कम गर्न सकिने संयोजक साह बताउछन् ।

त्यसैगरी गत श्रावण देखि पुष ११ गतेसम्म वैदेशिक रोजगार सम्बन्धमा ३० वटा उजुरी आएको उनले बताए । उजुरीमा एजेन्टबाट ठगीमा परेको ९ जना, विदेशमा अलपत्र परेको ११ जना, मृत्यु भएका ६ जना, कारागारमा परेको २ जना तथा पारालाइसिलको कारण थलिएका २ जना रहेका छन् । जेलमा परेका दुवैलाई सकुशल स्वदेश फर्काइएको, पारालाईसिस भएकालाई स्वदेश फर्काइएको तथा पिडित परिवारलाई उपचार खर्च दिइएको छ भने मृत्यु भएका मध्ये ४ जनालाई नेपाल सरकारबाट ७ लाख र बिमा कम्पनीबाट १४ लाख गरि २१ लख प्रदान गरिएको छ । बाँकी दुईजनालाई क्षतिपूर्ती दिलाउने प्रकृयामा रहेको छ । त्यसैगरी अलपत्र परेका ११ जना मध्ये ६ जनाको उद्दार गरिएको र बाँकीको उद्दार पनि प्रकृया मा नै रहेको साहले जानकारी दिएका छन्।
त्यसैगरि एजेन्टबाट ठगी भएकाको हकमा २ जनालाई न्याय दिलाईएको तथा ७ जनाको हकमा प्रमाण नपुगे पछि केहि गर्न नसकेको अवस्था रहेको साहले बताए ।
साथै वैदेशिक रोजगारमा जानेहरु साहुसंग महगो ब्याजदरमा पैसा उठाई विदेश गई एजेन्टबाट ठगीमा परी भने अनुसारको काम नपाउने, मासिक तबल अनुसारको तलब नपाउने जस्ता अनेकौ वेथिति भई कतिको त घरबार नै उठीवास भएका, कतिको वाकसमा लास नै आएको घटना सबैमा सर्वादिद नै छ । गौशाला नगरपालिकाको मातहतमा रहेको सामी परियोजनाले सुरक्षित वैदेशिक रोजगारका निम्ति उपकेन्द्रले १२ जना युवालाई वैदेशिक रोजगारकालागि लक्ष्मी बैंकबाट ऋण उपलब्ध गराइ दिएको छ ।
अहिले हाल गौशाला नगरपालिकाका १२ वटा वडा,सम्सीका २ वटा वडा, सोनमाका ६ वटा वडा, औरही न.पा.का ६ वटा वडा, वर्दिवास न.पा.का १४ वटा वडाहरुले सेवा पाईरहेको साहले बताए ।

प्रतिक्रिया