Friday 20th of September 2024

महोत्तरीमा पत्रकार दुव्र्यवहार प्रकरण ः पत्रकारहरुसंग माफी माग्दैं खोसिएको संचार समाग्री फिर्ता

0 Shares

गौशाला – ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीका इन्स्पेक्टर बिष्णु प्रदिप बस्यालले वैशाख ८ गते आफ्नो प्रहरीले गरेको गल्तीको पत्रकारहरुसंग माफी माग्दैं खोसिएको संचार समाग्री फिर्ता गरेका छन् ।

गौशालाका प्रहरीले नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव तथा अन्नपूणर्पोष्ट दैनिकका महोत्तरीका समाचारदाता वर्दिवास नपा १३ का २९ वर्षीय राजकरण महतोको संचारसमाग्री मोवाईल नियन्त्रणमा लिएर वैशाख ७ गते महतोले कैद गरेको फोटो र भिडियो प्रहरीले डिलिट गरेका थिए ।

संचारसमाग्री खोस्ने र समाग्री डिलिट गर्ने प्रहरीलाई विभागिय कारवाही गर्ने एवं प्रेस स्वतन्त्रताको रक्षा गर्ने इन्स्पेक्टर बस्यालले नेपाल पत्रकार महासंघका अध्यक्ष कमलेस मण्डलसंग प्रतिबद्धता जनाएपछि आन्दोलित पत्रकारहरु नियमित झै काममा फर्केका छन् ।

प्रहरी कार्यालय परिषरमा वैशाख ७ गते दुई पक्षबीच चलिरहेको छलफल कुटाकुटमा परिणत भएपछि पत्रकार महतोले भिडियो र फोटो खिचेका थिए । तत्कालै प्रहरीले उनलाई हातपात गर्दै नियन्त्रणमा लिएर फोटो र भिडियो डिलिट गरेका थिए ।

मोवाईल खोसेर पत्रकार महतोलाई प्रहरीले अशब्द प्रयोग गर्दै थुन्ने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया