स्व. रामलखन चौधरी फुटबल कप प्रतियोगिताको फाइनल खेल भाेलि हुने

रमन काफ्ले                                                              महाेत्तरिकाे गाैशाला नगरपालिका वडा नं ४ मा भईरहेकाे स्व. रामलखन चौधरी फुटबल कप प्रतियोगिताको फाइनल खेलमा एपीएफ-२ बर्दिवास र ढल्केवर युथ क्लब भिडने भएका छन । शनिबार हुने फाईनल खेलमा दुवै टोलि उपाधी जित्ने तयारीका साथ मैदानमा उत्रिदैछन । ढल्केवर युथ क्लबले सेमिफाईनलमा क्षीरेश्वर स्पोर्टस क्लब महेन्द्रनगरलाई हराउदै फाइनलमा पुगेको हो भने एपीएफ-२ बर्दिवासले बर्दिवास ४ लाई पराजित गर्दै फाईनलको टिकट काटेको हो । भोलिको खेल विर्ता स्पोर्टस क्लबको खेल मैदानमा दिनको १ बजेबाट शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार