स्व. रामलखन चौधरी स्मृति कप २०७९ को उपाधिमाथि गौशालाको ढल्केवर टिमको कव्जा

धनवीर महतो
गौशाला (महोत्तरी) / महोत्तरीको गौशालामा सम्पन्न स्व. रामलखन चौधरी स्मृति कप २०७९ को उपाधि गौशालाको ढल्केवर टिमले प्राप्त गरेको छ । शनिवार सम्पन्न प्रदेशस्तरीय नकआउट फुटवल प्रतियोगितामा फाईनल खेलमा वर्दिवासको एपीएफ टिमलाई पराजित गर्दै गौशालाको ढल्केवर टिम उपाधि उपर कब्जा जमाएको छ ।


स्थानिय विर्ता खेल मैदानमा भएको प्रतियोगिता अन्र्तगतको फाईनल खेलको अन्तिम समयसम्म दुवै टिमले १/१ गोलको बराबरीमा रहेको थियो । नजिता ल्याउनको खेलाईएको पेनाल्टी शुटआउटमार्फत विजेता छनौट गरिएको आयोजक विर्ता स्पोर्टसका ईन्दल राउतले जानकारी दिएका छन् ।
खेलमा प्रथम हुनेलाई आयोजकको तर्फबाट शिल्ड, नगद ६५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उपविजेताले अर्थात दोस्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र पाएका छन् ।
स्व. शहिद रामलखन चौधरीको ११ औं स्मृतिमा आयोजित प्रदेशस्तरीय सो फुटबल प्रतियोगितामा मधेश प्रदेशका विभिन्न स्थानका टोलीहरुले सहभागी जनाएका थिए । गौशालाका शहिद रामलखनको समृतिमा हरेक बर्ष यहाँ फुटवल प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार