महोत्तरीमा दुई व्यक्तिको शव फेला

महोत्तरी – महोत्तरीमा तीन घण्टाकै अन्तरालमा दुई व्यक्तिको शव फेला परेको छ।

बुधबार बिहान सम्सी गाउँपालिका ६ स्थित खेतमा परिचय नखुलेको एक युवकको शव फेला परेको छ।

उनका अनुसार शवको मुचुल्का गरी पोस्टमार्टमको लागि महोत्तरी जिल्ला अस्पताल जलेश्व र पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ।

यस्तै, महोत्तरीकै मनरासिसवा नगरपालिका १० मा अन्दाजी ७०।७५ की महिलाको शव बुधबार बिहान साढे ६ बजे फेला परेको छ। मागि खाने जस्ताे देखिएकी महिलाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएकाे छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार