दिल्लीको वृद्धाश्रममा आगलागी, दुई वृद्धको मृत्यु

नयाँ दिल्ली : दक्षिण दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा रहेको वृद्धाआश्रममा आइतबार आगलागी भएको छ। आगलागीमा दुई ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

ग्रेटर कैलाश–२ स्थित अन्तरा अस्पताल र वृद्धाश्रमको तेस्रो तल्लामा आगलागी भएलगत्तै ५ दमकल घटनास्थलमा पुगेको दमकलले जनाएको छ ।

यस घटनामा १३ जनाको उद्धार गरिएको छ ।

दक्षिण दिल्लीका डीसीपी चन्दन शर्माका अनुसार यो वृद्धाश्रमले नो अब्जेक्सन सर्टिफिकेट पाएको थियो वा थिएन, यसको अनुसन्धान भइरहेको छ र आगलागीको कारण भने खुल्न सकेको छैन। बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार