0
Shares
राम नारायण यादव ,सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
हिजो मंगलवार परीक्षण रिपोर्टबाट २५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।
निमित्त प्रमुख यादवका अनुसार संक्रमित तीन÷चार दिनअघि भारतबाट फर्किएका थिए । संक्रमित पुरुष होम आइसोलेसनमा रहेको छ भने उनको स्वास्थ्य अवस्था समान्य रहेको गाउँपालिकाले जनाएको छ ।
अहिले सम्मा कोरोना संक्रमितको संख्या सप्तरीमा ७ पुगेको निमित्त प्रमुख यादवले जानकारी दिए ।