Tuesday 11th of February 2025

हावाहुरीले गौशालाका ६ भन्दा अधिक सामुदायिक विद्यालयमा क्षति ।।

0 Shares

गौशाला- एकाविहानै आएको हावाहुरीको कारण महोत्तरीको गौशालाको ६ भन्दा बढि सामुदायिक विद्यालयका आंशिक रुपमा क्षति पुर्याएको छ ।

विहीबार विहानै आएको भारी मात्रामा आएको हावाहुरीले गर्दा गौशाला नगरपालिको त्रिभुवन मा.वि., मा.वि. भेडियाही फुलकाहा, मा.वि. रजखोर, मा.वि. वटौवा, मा.वि. नवराजपुर, मा.वि. वेलगाछीमा जस्ताले छाएको छानो उडाएको नेपाल शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले जानकारी दिनुभयो । यहाँका अधिकांश विद्यालयका हावाहुरीले प्रत्यक्ष रुपमा क्षति पुर्याएको कारण पठनपाठन अवरुद्ध भएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

हावाहुरीको कारण विजु्लीको तार जहाँतही झरेपछि यहाँ अहिले विद्युत प्रसारण अवरुद्ध भएको हो ।

क्षतिको विवरण सकलन गर्ने कार्यमा प्रहरी जुटिसकेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णु प्रदीप वस्याँलले बताउनुभयो ।

प्रतिक्रिया