Thursday 20th of June 2024

गौशाला नगरपालिकामा एक पसलमा आगलगी हुँदा लाखौंको क्षति ।।

0 Shares

गौशाला ः महोत्तरीको गौशाला नगरपालिकाको एक पसलमा आगलगी भएको छ ।
गौशाला नगरपालिका वडा नं. ५ पुरानो वाणिज्य बैंक भएको भवनमा भाडा लिई पसल संचालन गरेका वर्ष ४० का कमलेश मंडलको चाँदनी रेडिमेड सेन्टरमा आगलगी हुँदा लगभग ११ लाख बराबरको रेडिमेड कपडाहरु जलेर नष्ट भएको छ ।
२० मी. पहिले पसल बन्द गरी निगौलचौक मै साथीभाईहरुसंग कुराकानी गरीरहेको बेला एक्कासी तपाईको पसलमा आगलगी भएको फोन आउँदा हतारहतारमा पसलमा आउँदा आगोको धुवाले पसल नै भरिएको पसल संचालक कमलेश मंडलले बताए ।
आफु पसलमा आउनुु भन्दा अगाडी नै प्रहरीको टोली आई पसलमा लागेको ताल्चा फुटाई आगोलाई नियन्त्रणमा लिएको मंडलले बताए ।

इलाका प्रहरी कार्यालय गौशालाको प्रहरीटोली, र स्थानीयबासिहरुले आगोलाई नियन्त्रणमा लिएको छ। आगलगीबाट मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रंजन मिश्रले बताए । आगलगी विद्युतको सर्टसर्किटबाट भएको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया