
बर्दिबास– नेकपा एमाले माधव कुमार नेपाल समूहको महोत्तरी जिल्ला समान्तर कमिटी चयन भएको छ । बिजय कुमार चौधरीको अध्यक्षतामा १ सय ५१ सदस्य जिल्ला कमिटी चुनिएको छ ।
कमिटीको उपाध्यक्षमा कोसिलाल यादव, सचिवमा सोम बहादुर कार्की, सह–सचिव अरुण कुमार सिंह रहेका छन् ।
नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा प्रदेश नम्बर २ का सह–ईन्चाज नागेन्द्र चौधरीको उपस्थितिमा भंगहामा भएको बैठकले पाटीका अध्यक्ष केपी शर्मा ओली विरुद्धमा समान्तर जिल्ला कमिटी चयन गरिएको श्रोतले जनाएको छ ।
प्रतिक्रिया