गौशाला न.पा.मा प्रहरीको नाकको अगाडीबाट कार चोरी

गौशाला: महोत्तरीको गौशाला न.पा.बाट शनिबार प्रहरी बीटको अगाडीबाट कार चोरी भएको छ ।
हिजो प्रहरी वीटबाट ३० मीटरको दुरीमा रहेको प्र.२–०२–००१ च ०८१७ नं.को कार चोरी भएको हो । गौशाला न.पा. वडा नं. ५ बस्ने वर्ष २८ रुपेश कुमार साहको कार शनिबार राती १ बजेसम्म पार्किङ गरि राखिएको प्रत्यक्षदर्शिले देखाका थिए । उक्त कार १ बजे पछि चोरी भएको आकलन गरिएको छ । चौबिसौं घण्टा खटिएको प्रहरी वीटको अगाडीबाट कार चोरी हुनु साधारण कुरा नभएको स्थानीयले बताएको छ । यस विषयमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रलाई फोन सम्पर्क गर्दा फोन समेत नउठाएकोले केही विस्तृत जानकारी पाउन सकेको छैन ।

यस अघि
गत वर्ष पुस २९ गते मिथिलान्चल कम्पलेक्सबाट मूल गेट तोरी विक्रिको लागी राखिएको रियलमी मोबाईल १७ थान, ईन्टेल २ थान, एसएम नोकिया ५ थान, ओपो मोबाईल ३ थान, पोको मोबाईल २ थान, रेडमी मोबाईल २१ थान, सामसुङ १ थान, टेक्नो स्पार्क मोबाईल ३ थान, भिभो मोबाईल ४ थान, लाभा मोबाईल ४ थान, कलर्स मोबाईल ४५ थान, ईन्टेक्स बटमवाला मोबाईल ३१ थान, आईप्ररो मोबाईल १ थान, लाभा बटमवाला ३७ थान, माईक्रोम्याक्स बटमबाला ५ थान, नोकिया बटमबाला २६ थान, स्यामसुङ्ग बटमबाला ४ थान, ट्याम्बो बटमवाला १२ थान, पेनड्राईभ २४ थान, मोबाईलको व्याट्रि २६ थान, मेमोरी कार्ड ४५ थान, स्मार्ट वाच १ थान, सि.सि.टि.भी डि.भी.आर १ थान, ल्यापटोप १ थान, क्यामराको डि.एच.एल.आर १ थान गरी अन्दाजी बिस लाख बाईस हजार आठ सयको चोरी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार