Friday 14th of June 2024

सरकारले दियो भोलि देशभर शोक बिदा

0 Shares

काठमाडौं / सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ।
आइतबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेलले यसको जानकारी गराएका हुन्।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य हुन् । जसमा ५३ जना नेपाली र १५ विदेशी नागरिक थिए।

प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जान लाग्नुभएकाे छ । आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि वस्तुस्थिति र शाेकाकुल परिवारहरूमा समवेदना प्रकट गर्न त्यसतर्फ लाग्नुभएकाे हाे ।

दुर्घटनामा परेकाहरुको उद्धार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैँ पोखरा जाने निर्णयमा पुगेकाे उहाँका प्रेस संयाेजक सूर्यकिरण शर्माले जानकारी दिनुभएकाे हाे ।

प्रतिक्रिया