Tuesday 11th of February 2025

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए सिङ्गो प्रदेशसभाको विश्वासको मत

0 Shares

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।  बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ सांसदले नै विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।

मधेस प्रदेशमा तीन महिनाभित्र भ्रष्टाचार मुक्त बनाउँछु : मुख्यमन्त्री यादव

सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी मत परिणाम घोषणा भएपछि मुख्यमन्त्री यादवलाई बधाई तथा शुभकामनासमेत दिए ।यसअघि जसपा संसदीय दलका नेता यादव ६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसको २२, एमालेको २३, जनमत पार्टीको १३, जसपाको १६, माओवादी केन्द्रको ८ सांसद छन् । यस्तै नेकपा एकीकृत समाजवादीको ७, लोसपाको ९, राप्रपाको १, नेपाल संघीय समाजवादी पार्टीको १, नागरिक उन्मुत्ति, पार्टीको १ र स्वतन्त्र ६ सांसद छन् । आजको मतदान प्रक्रियामा ५ सांसद भने अनुपस्थित भए ।

मधेस प्रदेशमा तीन महिनाभित्र भ्रष्टाचार मुक्त बनाउँछु : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारलाई शून्यमा पु¥याउने प्रतिबद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाई थियो । उनले भ्रष्टाचार छानबिनका लागि आफूले ५ सदस्यीय छानबिन समिति गठन गरेको पनि स्मरण गराए । मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढ्ने कार्ययोजनासमेत सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाई थियो ।

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए सिङ्गो प्रदेशसभाको विश्वासको मत

त्यस अवसरमा उनले आवश्यक परे पुरक बजेट ल्याउन सकिने पनि बताए । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका छन् । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित रहेका थिए । यादवले प्रदेशसभाको दोस्रो ठुलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गर्नु भएको छ भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

गत पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।

त्यस्तै, कांग्रेस संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो । प्रदेशसभामा ७ जना मात्र सांसद रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि पक्षमा मतदान गरेको छ । अब मधेस प्रदेशसभामा प्रतिपक्षी दलको रुपमा कोही छैनन् । मुख्यमन्त्री यादवले कांग्रेससहित १० वटै दलको विश्वास जुटाउन सफल भएका छन् । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ

प्रतिक्रिया