गौशाला नगरपालिकामा हावाहुरीको कारण विद्युत अवरुद्ध

गौशाला – महोत्तरीको गौशालामा आएको हावाहुरीको कारण गौशाला नगरपालिकामा लाईन अवरुद्ध भएको हो । आज विहान ६ः३० बजेको समयमा विहान भए लगतै पुनः अन्धयारो भई आएको हावाहुरीले ढल्केवरबाट आएको ३३ के.वी लाइर्न पूर्णरुपले क्षतिग्रस्त भएको हो ।

हावाहुरीको कारण विभिन्न ठाउँहरुमा पोल भाँचिएको, कतिपय ठाउँमा पोलमा लागेको टि भाँचिएको, पोललाई उखेलिदिएको र तार तोडी तल झारी दिएको कारण विद्युत अवरुद्ध भएको हो । यस विषयमो रुपान्तरण अनलाइनका संचारकर्मीले गौशाला नगरपालिकामा रहेको विद्युत प्रावधिकरण कार्यालयका कार्यालय प्रमुख विक्रम साह संग सोधपुछ क्रममा अहिले भर्खरै हामीले धेरै मिहिनेतका बावजुद ३३ के.वी लाईन संचालन ग¥र्यो र अहिले हामी गौशाला फिडरमा मोबाइल टोली खटिरहेको छ जहाँ जहाँ त्यस्ता समस्या छ त्यहाँ मर्मत कार्य तिब्ररुपमा भईरहेको र चाडै नै हामी गौशाला फिडर संचालन गर्ने छौ भनी साहले बताउनुभयो ।

त्यसै गरी यस फिडरबाट अवरुद्ध लाईनलाई पालोपालो गरी चाडै नै संचालन गर्ने साहले बताए ।

प्रतिक्रिया