गौशालामा जारी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन मावि गौशाला

महोत्तरीको गौशालामा जारी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन मावि गौशालाले हासिल गरेको छ । विहीबार सम्पन्न अन्तिम खेलपरिमाणअनुसार त्रिभुवन मावि प्रथम, राष्ट्रिय मावि कान्तिवजार द्वितीय र जनता मावि भरतपुरखोर तृतीय स्थान हासिल गरेका छन् ।

त्रिभुवन माविले ९ गोल्ड, ६ सिलभर र ३ कास्यपदक हासिल गरेका छन् । त्यस्तै कान्तिवजार माविले ७ गोल्ड, ४ सिल्भर र ४ कास्यपदक प्राप्त गरेका छन् भने जनता मावि भरतपुरखोरले ५ गोल्ड, ८ सिल्भर र ७ कास्यपद हासिल गरेका छन्

त्यस्तै चौथौ स्थानमा भानुभक्त मेमोरियल सेकेन्ड्ररी स्कुल रामनगर, पाँचौ स्थानमा मदरटेरेसा किडडी कन्भेन्ट गौशाला, विरेन्द्र मावि वेलगाछी छैठौ, सरस्वती मावि भण्टावारी साँतौ र नवक्षितिज सेकन्ड्ररी स्कुल गौशाला आठौ स्थान हासिल गरेका छन् ।

खेलमा विजेता भएका टिमलाई शुक्रवार एक समारोहकाबीच मेडल प्रदान गरिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार