झा दम्पती हत्यामा संलग्नमध्ये दुई वर्षपछि एक जना पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले झा दम्पतीको हत्यामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरी जिल्ला पिपरा गाउँपालिका-५ सहोडवाका ७२ वर्षीय तेजनारायण झा रहेका छन्।

२ वर्षअघि स्थानीय मुसाफिर झा र गितादेवी झाको हत्यामा संलग्न रहेको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

केन्द्रीय अनुसन्धान व्युरो महाराजगन्जको सहयोगमा झालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

भारतको गुहावटीमा पूजारीको काम गर्ने झा समय समयमा झापाको काँकडभिट्टा नाकाबाट ओहोरदोहोर गर्दै आएको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार