मधेश प्रदेशसभाका २ स्वतन्त्र सांसद जसपा प्रवेश

जनकपुरधाम / मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका सुरिता साह र प्रमोदकुमार जयसवाल अध्यक्ष उपेन्द्र यादवबाट पार्टीमा प्रवेश गरेको संघीय सांसद प्रदीप यादवले जानकारी दिए।

‘उहाँहरू स्वतन्त्र ढंगले निर्वाचन लड्नुभएको थियो । आज पार्टी अध्यक्षले दुवैलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ’, उनले भने ।

नयाँ सांसद थपिएसँगै मधेश प्रदेश सभामा जसपाको सांसद संख्या १८ पुगेको छ।

मधेश प्रदेशको मुख्यमन्त्री पनि जनता समाजवादी पार्टीले पाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार