Friday 14th of June 2024

अमेरिकामा गोली प्रहारबाट १० जनाको मृत्यु

0 Shares

न्यूयोर्क / संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा सन्दिग्ध आक्रमणकारीले गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ।

क्यालिफोर्नियास्थित लस एन्जलिसनजिकै एउटा व्यापारिक भवनको‌ परिसरमा स्थानीय समयानुसार शनिबार राति १०:२० गोली हानिएको थियो।

लुनार नयाँ वर्षका अवसरमा आयोजना भएको मेलामा अन्धाधुन्ध गोली हानिएको प्रहरीले जनाएको छ। प्रहरीले कति जना घाइते भएका छन् भन्ने उल्लेख गरेको छैन।

प्रतिक्रिया