नेकपा माओवादी पार्टीले कार्यकर्तालाई गरिएको कारवाही फिर्ता लिए

महोत्तरी / चुनावको क्रममा पार्टीलाई असहयोग गरेको आरोपमा कारवाहीमा परेका महोत्तरीका तीन कार्यकर्ताको कारवाही पार्टीले फिर्ता लिएको छ । पार्टीका मधेश प्रदेश कमिटीले उनीहरुलाई पछिल्लो समयमा गरिएको कारवाहीको निर्णय फिर्ता लिएको हो ।
पार्टीका मधेश प्रदेश ईन्चार्ज गणेश साहले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश कार्य समिति सदस्य महोत्तरी गौशाला नगरपालिका १२ का विष्णु वम्जन, गौशाला नगर कमिटी सदस्य पृथ्वी वलम्पाकी र वर्दिवास नगरपालिका १३ का विजय यादवलाई गरिएको कारवाही फिर्ता लिएको उल्लेख गरेका छन् ।


सो विज्ञप्तिमा गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै पार्टीले उनीहरुलाई अनुशासन कारवाही गरिएको थियो । अव उनीहरु साविक झै पार्टीको हितमा रहि सहयोगात्मक भुमिका निर्वाह गर्नका लागि पार्टीका मधेश प्रदेश समितिले आग्रह गरेका छन् ।
चुनावको मतपरिमाणपछि पार्टीले उनीहरुलाई अनुशासनको कारवाहीस्वरुप कारवाही गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार