Saturday 15th of June 2024

साँसद महतोको पक्षमा जनकपुरमा नागरिक समाजको प्रर्दशन ।।

0 Shares

धनवीर महतो
महोत्तरी / महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरीको समर्थनमा जनकपुरमा नागरिक समाजले प्रर्दशन गरेका छन् । वुधबार जनकपुर नागरिक समाजको अगुवाईमा साँसद महतोमाथि लगाईएको झुठा मुद्दा फिर्ताको माग गर्दै प्रर्दशन गरिएको हो ।
एमालेबाट प्रत्यक्ष निर्वाचित महतो माथी झुठा मुद्दा लगाइएको भन्दै तत्काल मुद्दा फिर्ता गरि महतोलाई संसदमा जनताको हितमा काम गर्न दिनुपर्ने मांग गरेका छन् । मधेश आन्दोलनताका अगुवा समेत रहेका महतोलाई नियोजित तरिकाले फसाउन अहिले षडयन्त्र भइरहेको जनता समाजवादी पार्टीका नेता कुमरकान्त झाले आरोप लगाएका छन् । मधेश आन्दोलनलाई दबाउने रणनितिक योजना अनुसार राज्यले तत्कालिन समयमा महतोलाई झुठा मुद्दामा फसाउन खोजेको नेता झाले आरोप लगाएका छन् ।


आफ्ना क्षेत्र र महोतरीमै जनताका सेवकको रुपमा छवि बनाएका महतोलाई अहिले एमालेबाट जितेकै कारण विभिन्न शक्तिहरु फँसाउन लागि परेको त्रिभुवन माध्यमिक विद्यालय गौशालाका व्यवस्थापन समितिका सदस्य रमेश महतोले बताए । उनले भने, ‘अप्रत्यासित रुपले जनताको मतबाट महतो जितेपछि उनी माथी षडयन्त्र सुरु भएको हो । देशमा एकातिर थारुको मन जितेका अगुवा नेता रेशम चौधरीलाई फँसाएर जेलमा राखिएको भने अव चुनाव जितेकाले नै महतोलाई पनि फँसाउने काम भइरहेको छ । महतो सांसदमा हार्दा सम्म सबैको प्यारो थियो । तर आज जनप्रतिनिधी भइसकेपछि कसरी एकाएक अपराधी भईयो ?’
चौधरी, महतो सहित जनतामा लोकप्रिय नेताहरु सहित मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु तुरन्त फिर्ता गर्न उनीहरुले प्रर्दशनको क्रममा सरकारसँग माग अगाडि राखेका छन् ।

 

 

प्रतिक्रिया