बर्दिबास – महोत्तरी जिल्लाको बर्दिबास स्थित पञ्चधुरा होटलमा हिजो भाषा आयोगको आयोजना र मगही फाउण्डेशन नेपालको समन्वयमा मगही भाषाको इतिहास लेखन कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमको उदघाटन प्रदेश नं. दुईका प्रदेश सांसद दिलीप कुमार साहले गर्नु भएको थियो ।
यसै कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश न.ं दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले मातृभाषा साहित्यको इतिहास नामक पुस्तकको विमोचन गर्नु भएको थियो । उहाँँले मगही भाषा कुनै नयाँँ भाषा नभई यो धेरै पुरानो भाषा भएको र यस भाषालाई दबाइएको तथा पछाडी पारिएकाले यस भाषालाई संरक्षण, संबर्धन तथा जर्गना गर्नका निम्ति यस समुदायका लागि छुट्टै आरक्षणको ब्यवस्था गरिनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द बर्दिबासका प्रमुख राम पुकार रामले रेडियो नेपालले समाबेशि आवाजका रुपमा मगही भाषालाई पनि स्थान दिएको छ । यस भाषालाई संरक्षण, संबर्धन तथा प्रबर्धन गर्नका लागि सबै एकजुट भई लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
साथै आगामी दिनमा अन्य यस्ता पछाडि परेका वा दबिएका भाषाहरुलाई पनि स्थान दिइने प्रमुख रामले बताउनु भयो ।
नेपाल पत्रकार महासघं महोत्तरी शाखाका सचिव राजकरण महतोले मगही भाषालाई पाठ्यक्रममा समाबेश गरी विद्यालय स्तरबाट नै बालबालिकाहरुलाई यस भाषामा पठनपाठनको माध्यमले आफ्नो मातृभाषाका बारेमा जानकारी दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
मगही फाउण्डेशन नेपालको अध्यक्ष वीर बहादुर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सांसद निशा साह, मनराशिसवा गाँउपालिकाका उपमेयर तथा अन्य वक्ताहरुले आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।