
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुक्रबार र शनिवार गरी दुई दिन ४ वटा वडामा एकल बिधवा महिलाहरुलाई न्यानो फाइबर सिरक राहत स्वरुप प्रदान गरिएको छ । फाइबर सिरकको लागि गाउँपालिका बाट छुट्टयाएको बजेट कम भएपछि गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफनो सक्रियतामा टेवाको आर्थिक सहयोगमा भोर जनकपुर सँग समन्वय गरी र गाउँपालिकाको आर्थिक सहयोगमा पनि ९ सय ७० जनालाई न्यानो फाइबर सिरक वितरण गर्नु हुने भएको छ ।
शनिवार गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा वडा नं. ४ पोखरीया र वडा नं. ६ कामदमा न्यानो पाइबर सिरक वितरण गरिएको हो । वडा नं. ४ मा करिब १ सय माथी र वडा नं. ६ मा करिब १ सय २५ जना एकल बिधवा महिलाहरुलाई न्यानो सिरक प्रदान गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । फाइबर सिरक पाएपछि महिलाहरु खुसी भएका थिए । शितलहर बाट प्रभावित एकल बिधवा महिलाहरु शुक्रबार पनि करिब पौने ३ सय जनालाई फाइबर सिरक प्रदान गरिएको थियो । न्यानो सिरक अहिले सम्म ४ वटा वडामा वितरण भैसकेको र बाँकी रहेको ३ वटा वडामा पनि वितरण गरिने छ, आइतवार पनि विभिन्न वडामा सिरक वितरण हुने अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो ।
प्रतिक्रिया