गौशाला नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण संकलन केन्द्र शुरु

गौशाला: महोत्तरीको गौशाला नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण संकलन शुरु भएको छ । आज आईतबार एक कार्यक्रमको आयोजना गरी गौशाला नगरपालिकाको कार्यालयमा विधिवत रुपमा स्थापना भएको छ । सो केन्द्रको गौशाला नगरपालिकाको नगरप्रमुख डा. दिपेन्द्र महतोद्वारा उद्धघाटन सम्पन्न भई कार्यालयको सेवा प्रारम्भ भएको नगरप्रमुख महतोले बताए ।
उक्त सो कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणका विनिता यादव, ईश्वर निरौला , नगरप्रहरी,नगरपालिकाका कर्मचारीवर्ग ,पत्रकारको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार