
सुनिता कुशवाहा
गौशाला ।
नेकपा माओबादी केन्द्र नै पदाधिकारीविहीन भएपछि भातृसंस्थाहरुको अवस्था लथालिंग हुनु स्वभाविक रहेको गौशाला नगरपालिकाका पुर्वमेयर शिवनाथ महतोले बताएका छन् । आईतबार प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा महोत्तरी शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमकाबीच पूर्वमेयर महतोले सो कुरा स्पष्ट पारेका छन् ।
उनले भने, ‘अहिले मातृपार्टीकै अवस्थामा लथालिंग छ । प्रदेशमा पदाधिकारी छैन् । जिल्लास्तर पनि नेतृत्वविहीन अवस्थमा छ । यसअवस्थामा पार्टीका कार्यकर्ताहरु पार्टीको निर्देशन मानेका छैन् । जसले गर्दा पार्टीभित्र मनोवल प्रवृति वढदो अवस्थामा छ ।’ पूर्वमेयर महतोले एक प्रसंगमा पत्रकार देशको चौथो अंग भएकोले समग्र देशहितमा रहि कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । वर्तमान समयमा देशका मिडिया र पत्रकारहरुको अवस्था भयावह रहेकोेले यसप्रति सरोकारवालापक्षले समयमै ध्यान दिनुपर्ने आवश्यक रहेको महतोले धारणा राखेका छन् ।
कार्यक्रमकाबीच अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सचिव सुर्यनारायण साहले पत्रकार देशको चौथौ अंग भएकोले यसप्रति सरोकारवाला निकायको भुमिका समयमै दिनका लागि आग्रह गरेका छन् ।
कार्यक्रमकाबीच प्रेस सेन्टरका केन्द्रिय सदस्य सुनिता कुमारी, मधेश प्रदेश सदस्य निरन्जन साह लगायत जिल्ला समितिका पदाधिकारीहरुको सहभागीता रहेका थियो । कार्यक्रम जिल्ला अध्यक्ष धनवीर महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।