Tuesday 11th of February 2025

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ९ सय ७० जना एकल महिलालाई फाईबर सिरक वितरण हुने

0 Shares

सर्लाही,१५ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ९ सय ७० जना एकल महिलालाई फाईबर सिरक वितरण हुने भएको छ ।चन्द्रनगरमा अहिले समको गरी ६ सय २५ एकल महिलाहरुलाई न्यानो फाइबर सिरक राहत स्वरुप प्रदान गरिएको छ । फाइबर सिरकको लागि गाउँपालिका बाट छुट्टयाएको बजेट कम भएपछि गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफनो सक्रियतामा टेवाको आर्थिक सहयोगमा भोर जनकपुर सँग समन्वय गरी र गाउँपालिकाको आर्थिक सहयोगमा पनि ९ सय ७० जनालाई न्यानो फाइबर सिरक वितरण गर्नु हुने भएको छ । आइतबार गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा वडा नं. ७ मा न्यानो पाइबर सिरक वितरण गरिएको हो । वडा नं. ७ मा करिब १ सय ८ र एकल महिलाहरुलाई न्यानो सिरक प्रदान गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । फाइबर सिरक पाएपछि महिलाहरु खुसी भएका थिए । शितलहर बाट प्रभावित एकल बिधवा महिलाहरु शनिवार पनि सिरक प्रदान गरिएको थियो । न्यानो सिरक अहिले सम्म ५ वटा वडामा वितरण भैसकेको र बाँकी रहेको २ वटा वडामा पनि वितरण गरिने छ, सोमबार पनि सिरक वितरण हुने अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो । सिरक वितरण हुने कार्यक्रममा उपाध्यक्ष गिता देवी महतो, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी,वडा सदस्य भगिया देवी पासवान,भगबनिया कापर,रामप्रकाश साह,समाजसेवी चन्देशवर सिह लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया