
सुनिता कुशवाहा
गौशाला, महोत्तरी / साँसद लक्ष्मी महतो र रेशम चौधरीमाथि लागेको झुठा मुद्दा खारेजीको माग गर्दै महोत्तरीको गौशालामा प्रर्दशन गरिएको छ । सोमबार नागरिक समाजको अगुवाईमा निकालिएको र्यालीमा साँँसदद्वय महतो र चौधरीको समर्थनमा जनप्रर्दशन भएको हो । गौशाला बजारको त्रिभुवनमागि गेट अगाडि भएको कोणसभाकाबीच वक्ताहरुले मधेश आन्दोलनको क्रममा भएको घटनाहरुको सम्बन्धमा निष्पक्ष रुपमा छानविन गर्नुपर्नेमा जोड दिएका छन् । सो क्रममा लेखक तथा नागरिक अगुवा रामरिझन यादवले तत्कालिन समयमा घटेको राजनितीक गतिविधीलाई समेटर सरकारीपक्षले एकतर्फी रुपमा आरोप लगाउनु सरासर गलत रहेको बताए । यादवले भने, ‘ती समयमा राजनितीक परिवर्तनको माहौलमा ती घटना घटेको हो । यसलाई बर्तमान सरकारले राजनितीककरण गरेर ती झुठा मुद्दाहरु दायर गरेर निर्वाचित लक्ष्मी महतोलाई फसाउन खोजेको हो ।
सरकारले ती समयमा घटेको घटनाको सम्बन्धमा छानविन गर्ने हो । घटनाको वास्तविक तथ्य थाहा हुन्छ । अनि झुठा आरोपका मुद्दाहरुको सम्बन्धमा निक्र्यौल लाग्नेछ ।’ मधेश आन्दोलनको क्रममा वि. सं. २०७२ सालमा जलेश्वरमा घटेको ती घटनामा प्रहरीहरुद्वारा निहत्था आमनागरिकको ज्यान गएको यादवले जानकारी दिएका छन् । सो क्रममा यादवले भने, ‘ती नागरिकको परिवारहरु अहिले अलपत्र छ । त्यसको जिम्मेवारी र पालनपोषणका लागि सरकारीपक्ष उदासिन रहेको छ । सरकारले ती घटनाहरुको सम्बन्धमा दोषीलाई कारवाही पिडितलाई न्याय दिलाउने काम गर्नुपर्ने आवश्यक देखिन्छ ।’
प्रतिक्रिया