महोत्तरी क्षेत्र नं. १ का सान्सद लक्ष्मी महतोको पक्षमा ओर्लियो जनसागर, घटनाको निष्पक्ष छानविन गर्न नागरिक समाजको माग

गौशाला: साँसद लक्ष्मी महतो र रेशम चौधरीमाथि लागेको झुठा मुद्दा खारेजीको माग गर्दै महोत्तरीको गौशालामा प्रर्दशन गरिएको छ । सोमबार नागरिक समाजको अगुवाईमा निकालिएको र्यालीमा साँँसद महतो र चौधरीको समर्थनमा जनप्रर्दशन भएको हो । गौशाला बजारको त्रिभुवनमावि गेट अगाडि भएको कोणसभाकाबीच वक्ताहरुले मधेश आन्दोलनको क्रममा भएको घटनाहरुको सम्बन्धमा निष्पक्ष रुपमा छानविन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा रामरिझन यादवले जनताको सेवा गरेको कारण जनमतद्वारा लक्ष्मी महतो निर्वाचित भएको बताउदै विपक्षीले पराजित मानसिकताको कारण लक्ष्मी महतोलाई अपराधीको झुठा मुद्दामा गास्न खोजेको आरोप लगाउनु भयो।
उहाँले राज्यले बदनियतपुर्ण तरिकाले मधेश आन्दोलनलाइ दबाउने नियतका सान्सद महतोलाइ झुठा मुद्दामा फसाउन खोजेको आरोप लगाउनु भयो।
कार्यक्रममा बोल्दै जसपा गौशाला नगर प्रमुख उमरकान्त झाले निर्वाचनमा पराजित भएका गिरिराजमणि पोखरेलका कार्यकर्ताले पराजित मानसिकताको कारण झुठा मुद्दालाइ सामाजिक सन्जालमा सान्सद महतोको चरित्र हत्या गर्ने बदनियतपुर्ण प्रयोजनका साथ उठान गरेकोमा आक्रोश व्यक्त गर्नु भयो। उहाँले सान्सद महतोले आफ्नो व्यक्तिगत प्रयत्नमा जनताको सेवा गरेकोले जनताले आफ्नो नेता चुनेको स्मरण गराउदै प्रतिशोध पुर्ण राजनिती नगर्न सचेत गराउनु भयो । झाले १५ वर्ष सम्म यस क्षेत्रको सान्सद बनेर पोखरेलले जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो। उहाँले भन्नुभयो,” १५ वर्ष सम्म पोखरेलले राज्यको ढुकुटी आफ्नो आसेपासे लाइ खुशी पार्न खर्चिनु भयो, त्यसको हिसाब जनताले माग्नेछन । ”
आसन्न प्रतिनिधि सभाको चुनावमा ने.क.पा. माओवादीका उपमहा सचिव समेत रहेका गिरीराजमणि पोखरेललाइ पराजित गर्दै ने.क.पा.एमालेका उम्मेदवार लक्ष्मी महतो विजयी भएका थिए।

थमन विंकको घटनामा संलग्न रहेको भन्दै लक्ष्मी महतोसहित २८ जनामाथि मृतक असई विकका दाजु प्रेमबहादुर विकले जिल्ला अदालत महोत्तरीमा २०७२ भदौ २५ मा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेका थिए । त्यतिवेला महतो मधेसी दलमा थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार