Wednesday 24th of July 2024

महोत्तरी ः वडा अध्यक्ष पजियारको मनोमानी, स्थानीयद्धारा वडा कार्यालयमा ताला बन्दी

0 Shares

बिजय कुमार साह, महोत्तरी । महोत्तरीको औरही नगरपालिका वडा नम्बर २ को वडा कार्यालय तालाबन्दी गरिएको छ । वडा अध्यक्ष बिनोद पजियारले रसायनिक मल बिक्रेता नियुक्तिमा मनोमानी गरेपछि आक्रोशित स्थानीयबासीले बिहिबार वडा कार्यालयको मुख्यद्वारमा ताला लगाएर बिरोध जनाएको छ ।

रसायनिक मल बिक्रेता नियुक्ति गर्दा सम्बन्धित वडामा सञ्चालित कृषि सहकारी संस्थालाई प्राथमिकता दिनुपर्ने प्रावधान भएपनि वडा अध्यक्ष पजियार प्रलोभनमा परेर अरु वडामा सञ्चालित सहकारी संस्थालाई सिफारिस गरेपछि कार्यालयमा ताला लगाइएको बताइएको छ ।

कार्यालयमा लगाइएको ताला करिब २ घण्टापछि प्रहरी प्रशासन लगाएर वडा अध्यक्ष पजियार ताला तोड्न लगाएको बुझिएको छ । अध्यक्ष पजियारले प्रहरी प्रशासन भिडाएर ताला तोड्न लगाए पनि उनले यस कुरालाई अस्वीकार गर्दै उनले भने जसले ताला लगाएको हो, उसैले खोलेको बताए । आफुले कसैलाई पनि सिफारिस नगरेको र ममाथि लगाइएको आरोप सरासर गलत भएकोे जनाए । रसायनिक मल बिक्रेता नियुक्ति प्रदान गर्ने निकाय नगरपालिकाको उपप्रमुख भएको वडा अध्यक्ष पजियारले जनाए ।

औरही नगरपालिकाले रसायनिक मल बिक्रोता नियुक्ति गर्न २०७७÷७÷१९ गते प्रथम पटक सूचना प्रकाशित गरेपनि विविध कारणले निर्णयमा पुग्न नसकेपछि मिति २०७७÷११÷१ मा कार्यापालिकाको बैठकले रसायनिक मल बिक्रेता छनौट गर्ने अधिकार सम्बन्धीत वडा कार्यालय सुम्पिदै दोस्रो पटक सूचना प्रकाशित गरेको थियो ।

प्रथम पटक सूचना प्रकाशित भएकै बेला वडा नम्बर २ मा सञ्चालित साना किसान सहकारी संस्था लिमिटेडका सञ्चालक जयकिशोर यादवले सम्पूर्ण कागजातसहित आवेदन दर्ता गराएका थिए । साना किसान सहकारीका सञ्चालक यादवले बताएअनुसार दोस्रो पटकको विज्ञापन अवधिसम्म पनि अरु कसैले आवेदन दर्ता नगराएकाले र एक्लो आवेदनकर्ता भएकोले नियुक्ति आफुले पाउनुपर्ने भएपनि वडा अध्यक्ष पजियार विज्ञापन अवधि समाप्ति पश्चात वडा नम्बर १ मा सञ्चालित साह किसान सेवा केन्द्रका सञ्चालक शुसिल साहलाई सिफारिस गरेको छ ।


वडा अध्यक्ष पजियारले नियम विपरित नातागोतामा पर्ने साह किसान सेवा केन्द्रका सञ्चालक साहलाई बिक्रेता नियुक्तिको सिफारिस गरेको आरोप साना किसान सहकारीका सञ्चालक यादवले लगाएका छन् ।

यता नगरपालिकाका कृषि शाखा प्रमुख कबिता बिष्टले सम्बन्धीत वडामै सञ्चालित कृषि सहकारीले पहिलो प्राथमिकता पाउनुपर्ने बताइन् । वडा नम्बर २ मा सञ्चालित साना किसान सहकारीले पेश गरेको कागजात पूर्ण रहेपनि वडा कार्यालय उसलाई सिफारिस किन नगरेको यो कुरा आफुलाई थाहा नभएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया