Tuesday 11th of February 2025

गौशालामा सवारी चोरीका घटना बढ्दै, प्रहरी प्रशासन मौन

0 Shares

गौशाला: महोत्तरीको व्यापारिक बजार गौशालामा सवारी चोरीको घटनामा वृद्धि भए पछि सर्वसाधारणहरु त्रसित बनेका छन । गौशाला बजारमा रहेको प्रहरी बिट नजिकैबाट पार्किङ्ग गरि राखिएको कार चोरी भएको घटनाको एक महिना नबित्दै मङ्गलबार राति गौशाला नगरपालिका ५ ब्रह्मथान नजिकबाट मोटरसाइकल चोरी भएको हो ।
ब्रहमस्थान नजिकै घर अगाडी पार्किङ गरी राखेको प्र। २–०२–००४ प ८९५८ नम्बरको २२० सिसिको कालो र रातो कलर भएको पल्सर मोटरसाइकल मंगलबार राती पौने ९ बजेको समयमा चोरी भएको सवारीधनी अहमद अंसारीले बताएका छन ।

प्रहरीको निष्क्रियताको कारण चोरहरु सक्रिय भई सवारी साधनका चोरीको घटनामा वृद्धि भएको स्थानिय व्यापारीको गुनासो छ।गौशाला बजारको चारै तर्फबाट सिसिटिभि क्यामराले निगरानी गरे ता पनी प्रहरीले चोरलाई पक्रिनबाट असफल रहेको छ ।
यता इलाका प्रहरी कार्यालय गौशालाका वरिष्ठ प्रहरी नायब निरिक्षक पुरुषोत्तम महतोले सवारीधनीको लापरबाहीले चोरीका घटना बढेको बताएका छन ।
प्रहरीको जवाफलाइ गैरजिम्मेवार भन्दै स्थानिय प्रहरीसित आक्रोशित छ। प्रहरी नागरिकहरुको सुरक्षाको सवालमा गम्भिर नभएको उनीहरुको आरोप छ।
यस अघि गौशाला बजारबाटै प्रहरी वीटबाट ३० मीटरको दुरीमा रहेको प्र.२–०२–००१ च ०८१७ नं को कार चोरी भएको थियो । हालसम्म सो चोरी भएको कार फेला नपर्दै फेरी मोटरसाईकल चोरी भएको हो ।

प्रतिक्रिया