
गौशाला ः महोत्तरीको गौशाला नगरपालिकामा नगरप्रमुख डा. दिपेन्द्र महतोद्वारा मन्दिरको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार एक समारोहकाबीच वडास्तरीय योजनामार्फत वडा नं. ९ स्थित विशहरपुरमा चार लाखको भैरव मन्दिरको शिलान्यास सम्पन्न भएको छ । गौशाला नगरपालिका वडा नं.९ विशहरपुरमामा सामुदायिक मन्दिर नहँुदा समुदायलाई पुजाआजा गर्न टाढा धाउनु पर्ने भएकोले उक्त मन्दिरको शिलान्यास गरेको वडा अध्यक्ष बद्रि सिंह दनुवारले बताए ।
सो कार्यक्रममा गौशाला नगरपालिकाको वडा नं. ६ का वडाअध्यक्ष राम सोगारथ यादव, वडा नं. ९ का वडा सदस्य महेश मुखिया, सत्यनारायण महतो सिजोतिया देवी, दाना देवी राम लगाएत बुद्धिजिवी, पत्रकार, स्थानीय, भरभलादमी समेत उपस्थित रहेका थिए ।
प्रतिक्रिया