Thursday 20th of June 2024

गौशालास्थित वहुउद्देश्यीय साझा सहकारी संस्थाको कारण जनजीवन कष्टकर बन्दै ।।

0 Shares

गौशाला: महाेत्तरिकाे गौशालास्थित वहुउद्देश्यीय साझा सहकारी संस्था लिमिटेडले अव्यवस्थित रुपमा धान कुटाई गर्दा स्थानियहरु पिडित भएका छन् । संस्थाले आफनै प्रागणमा धान कुटाई गर्दा त्यसबाट निस्किएको भुसले वरपरका स्थानियहरु पिडित भएका छन् । त्यसबाट निस्किएको भुसले घरको छाना, भान्छाघर सुकाउन राखेको कपडा फोहोर हुँदै आएको छ । जसले गर्दा दैनिक जीवनयापन गर्नका लागि समस्या भएको हो । दिनभरी घरको ढोका झयाल बन्द गरी बस्नु शरिरको लागी पनि हानीकारक भएको स्थानीयहरुले बताए । यस सम्बन्धमा गौशाला नगरपालिकाको कार्यालयले संस्थालाई केही दिन अगाडि धान कुटाईको क्रममा व्यवस्थित गर्न गरिएको परिपत्रको सम्बन्धमा संस्थाले कुनै सुनवाई गरेका छैन् । जसले गर्दा स्थानियहरु अझ पिडित भएका छन् । यससम्बन्धमा संस्थाले केही दिनमै व्यवस्थित गरेर धान कुटाई गरिने प्रतिवद्धता जनाए पनि हालसम्म पनि कुनै किसिमको व्यवस्थापन नगरेको स्थानीयहरुले बताएको छ । एक दुई दिनको समस्या भए खेप्न पनी सकिन्थ्यौ तर वर्षैदेखीको यस्तो रबैयाले स्थानीयहरु वाजित भएकोे रेडियो रुपान्तरणका संचारकर्मीलाई बताए । यस्तो वातावरणको कारण बालवालिकाहरु दैनिकी रुपमा विरामी पर्दै गरेको विवेक राउतले बताए । साझा संस्थाको पछाडी सरस्वती बोर्डिङ्ग स्कुलमा हजारौ बालवालिकाहरु पठनपाठन गर्दै आईरहको छ ।

प्रतिक्रिया