Sunday 16th of June 2024

बागमती सेवा समाज नेपालद्वारा जोखिममा रहेका बालबालिकालाइ सरसफाई सामग्री वितरण तथा सडक नाटक प्रदर्शन

0 Shares

सर्लाही / बागमती सेवा समाज नेपाल(BWSN)को आयोजना तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगद्वारा पर्सा गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा अतिजोखिममा रहेको बालबालिकालाई सरसफाई सम्बन्धि सामग्री वितरण गरिएको छ ।

उक्त सामग्री वितरण गर्नु अघि सरसफाई सम्बन्धि अभिमुखीकरण तथा हरिपुर्वा नगरपालिका–९, नेशनल एकाडेमीको प्राङ्गण तथा पर्साको–४ को जिङ्गर्वा गाउँमा सरसफाई सम्बन्धिको सडक नाटक प्रदर्शनी गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बताए । अध्यक्ष कार्की भन्छन् “सचेतनामूलक कार्यक्रम गर्नु तथा सरसफाई सम्बन्धि सामग्री वितरण गर्नु गर्नुको उद्देश्य बालबालिका, अभिभावक तथा समुदायको सरसफाईमा चेतनाको स्तर वृद्धि गर्नु हो ।” “यस हरिपुर्वा नगरपालिकाका ४ हजार भन्दा बढी जोखिमा रहेका बालबालिकालाई बागमती सेवा समाज नेपाल र वल्र्ड भिजनद्वारा सरसफाई सम्बन्धि सामग्री सबै वडामा बाँड्न थाल्नु भएको छ यसको लागि धेरै धन्यवाद दिन चाहन्छु आमागी दिनहरुमा पनि बालबालिकाका लागि यस्तै सहयोग आउने अपेक्षामा छु ।”

No description available.

हरिपुर्वा नगरप्रमुख विनोद कुमार साह भन्नु हुन्छ, “वास्तवमा हामी पनि नगरपालिकाको बाटो–बाटोमा भएको फोहर मैलाबाट चिन्तित छौं । सबै नगरबासीलाई आफ्नो छोराछोरीलाई सफासुग्घर राख्न र आफ्नो घरआँगन, बाटो घाटो, सार्वजनिक स्थलहरु सरसफाई राख्नको लागि विनम्र अनुरोध गर्दछु । नगरप्रमुख साह थप्छन् ,“ सरसफाई एकदम आधारभूत कुरा हो , कसैले मैले एक दिन सरसफाई गरेको त छु भन्ने होईन, प्रत्येक दिन गर्नु पर्छ, सबै मिलेर सँधै गर्यो भने यो नगरपालिका सुन्दर छ, सुन्दर राख्नु पर्छ यो सबैको दायित्व पनि हो । सरसफाईका लागि कार्यपालिकाबाट निर्णय पनि गरिसकेका छौ, नगरपालिका आफैले पनि सचेतनाको काम गर्छ, नगर प्रहरी पनि राख्ने तयारी गरेको छौ, सरसफाई राख्न माईकिङ गछौं र बाटोमा फोहर नगर्न अनुरोध गछौं, यदि मानेन भने नगरपालिकाले नीतिनियम भित्र रहेर काम कार्वाही अगाडी बढाउँछ ।”

No description available.

सरसफाई सामाग्री अन्तर्गत नुहाउने सावुन, नेलकटर, काँईयो, सर्जिकल मास्क, तथा किशोरीहरुलाई सानिटारी प्याड वितरण गरिएको छ । हरिपुर्वा नगरपालिकामा ४ हजार पचास र पर्सा नगरपालकिामा ३ हजार दुई सय पचास गरि ७ हजार तीन सय अति जोखिमा रहेका बालबालिकाहरुलाई सामग्री बाँड्ने रहेको छ ।

आज पहिलो दिन करिब २ हजार आठ सय अति जोखिमा रहेका बालबालिकाहरुलाई बाँडेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।

प्रतिक्रिया