
विशाल बस्नेत
नेपाल पत्रकार माहासंघ महोत्तरी साखाले सन्जित मण्डलले निकालेको विज्ञप्तिलाइ लिएर आपत्ती जनाएको छ ।
माहासंघको लेटरहेड दुरुपयोग गर्दै कार्यसमितिको निर्णयको विरुद्ध निकालेको प्रेस विज्ञप्ति भ्रमपुर्ण र गैरकानुनी भएको माहासंघले ठहर गरेको हो ।
कार्यसमितिले २ दिन अगाडि बैठक बसेर नयाँ सदस्यता र नविकरणको लागि अपिल गर्ने निर्णय गरेको थियो । सोहीअनुसार २ फाल्गुनदेखि ९ फाल्गुनसम्म नयाँ सदस्यता र नवीकरणको लागि आवेदन दिन समयसीमा निर्धारण गरिसकेको छ ।
यही विचमा कार्यसमितिको सहसचिवसमेत रहेका मण्डलले अध्यक्ष, उपाध्यक्ष, सचिवको अनुमती विना नया सदस्यता स्थगित भएको आज नै विज्ञप्ति निकालेका छन् ।
माहासंघको आधिकारिक ब्यक्तीको अनुमती विना लेटरहेड र छापको दुरुपयोग गर्दै सदस्यता दिने प्रक्रिया स्थगित भएको विज्ञप्ति माहासंघसगँ समबन्धित नभएको बताउँदै सचिव राजकरण महतोले पूर्णत: गैरकानुनी भएको बताए ।
‘हामी भोलि नै बैठक बसेर यस विषयमा कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल गर्नेछौं,’ उन्ले भने, ‘पूर्वअध्यक्ष कमलेश मण्डल स्थानिय निर्वाचनमा उमेदवारी बनेपछि उनी विधाननुसार अध्यक्ष पदमा रहेनन् । सोहीबेलादेखि नै माहासंघलाई कसरी असफल वनाउने भन्ने विषयमा मण्डल पक्ष लाग्नुभएको छ ।’
कमलेश मण्डल अध्यक्षबाट बर्खास्त बनेपछि वरिष्ठ उपाध्यक्ष सुनिता बरालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी थिइन् ।
विधाननुसार नै मण्डल बर्खास्त भएता पनि मण्डल पक्षका सन्जित मण्डलसहितका ब्यक्तिहरूले उन्लाई पुनःस्थापनाको माग गर्दै आएका थिए ।
पटक-पटक कार्यसमितिको बैठक बोलाउँदा पनि मण्डल पक्ष सहभागि नभएपछि बहुमतले सदस्यता र नवीकरण खुलाउने निर्णय गरेको उपाध्यक्ष सुनिता महतोले बताइन्