Sunday 16th of June 2024

गौशाला नगरपालिकामा दादुरा विशेष कार्यक्रम गोष्ठी सम्पन्न ।।

0 Shares

महोत्तरीको गौशाला नगरपालिकामा दादुरा विशेष कार्यक्रम गोष्ठी सम्पन्न भएको छ । आज विहान गौशाला नगरपालिकाको सभाहौलमा भएको एक दिने गोष्ठीमा जिल्लाबाट आएका प्रतिनिधिले गौशाला नगरपालिकाको स्वास्थ्य कर्मचारीहरुलाई नगरपालिका भित्र देखापरेको दादुराका विरामीहरुलाई खोप लगाउन तथा खोजी कार्य अगाडी बढाई दादुरा मुक्त नगरपालिका बनाउन एक दिने गोष्ठी भएको छ । गोष्ठीमा गौशाला नगरपालिकाको नगरप्रमुख डा. दिपेन्द्र महतोले प्रदेश, केन्द्रले बजेट नदिए पनि स्थानीय सरकार आफैले बजेट व्यवस्थापन गरी समाजमा दादुरा रोग सम्बन्धि जनचेतना बढाई रोगलाई जरै देखी समाप्त पार्न अगाडी बढ्ने बताए । नगरप्रमुखले यसै महिनाको ५ गते देखी ९ गतेसम्म ६ महिना देखी १५ महिना मुनिका बालवालिकालाई सम्बन्धित वडाको खोपकेन्द्रमा गई दादुरा सम्बन्धि खोप तथा भिटामिन ए ट्याबलेट खुवाउन अनुरोध गरेकाछन् साथै हाललाई नगरपालिकाको वडा नं. २, ३ र ५ मा खोप लगाउन शुरु हुने बताए ।

प्रतिक्रिया