Tuesday 11th of February 2025

छोरीलाई न्याय दिलाउन भौतारिदै सुरदेव

0 Shares

धनवीर महतो
गौशाला, ( महोत्तरी ) / छोरीमाथि घरपरिवारबाटै अन्याय भएपछि कानुनी उपचारको वाटो रोजेका धनुषा जिल्ला धनुषाधामका सुरदेव पुर्वे अझ न्याय नपाउने आश देखिएको छ । गौशाला नगरपालिका ५ घर भएका छोरीका ससुरालीपक्षले क्रमिक रुपमा यातना दिन थालेपछि गत एक हप्तादेखि कानुनी उपचार खोजेतापनि सम्बन्धित निकाय मौन भएपछि अझ न्याय पाउने कुनै छाँटखाट नदेखिएको सुरदेव पुर्वेले बताए ।
गत साता वैवाहिक बन्धनमा बाँधिएकी छोरीउपर निर्घात कुटपिट हुँदा समेत यहाँका प्रहरी प्रशासन, नगरपालिकाको न्यायिक समिति, महिला अधिकारसँग सम्बन्धित संस्थाहरु कुनै पहल नगरेको उनले गुनासो पोखेका छन् ।


उनले दुखेसो पोख्दै भने, ‘अव त न्याय दिलाउने प्रहरी तथा नगरपालिकाको ढोका नै बन्द भएजस्तो छ । प्रहरीले दोषीलाई देखावटी रुपमा पक्राउ गर्छन् तर केहि बेरमै छोडिदिन्छ । उनीहरु छुटेर घर गएपछि फेरि मेरी छोरीलाई दुव्र्यवहार गर्दै निर्घात रुपमा कुटपिटमा उत्रिन्छ । फेरि म प्रहरी समक्ष न्यायको लागि आउछु फेरि उनी क्रम दोहर्याएको हुन्छ । मलाई लाग्छ म जस्ता गरिवको हकमा प्रहरी प्रशासनले न्याय दिलाउनका लागि असक्षम छ । उनीहरु पनि पह्ुँच र पैसावालाकै कुरा सुन्दो रहेछ जस्तो छ ।’


आर्थिक रुपमा कमजोर रहेका सुरदेव भारतमा मजदुरी गरि परिवार पाल्दै आएका छन् । उनले भने, ‘हरेक बाबुआमाको चाहना हुन्छ कि सन्तानको भविष्य सुखी र सम्पन्न होस् । मैले पनि त्यहि सोचेर ऋण खोजेर भएपनि गौशालामा आफ्नै मेडिकल सेन्टर भएको केटासँग छोरीको विवाह गरिदिए । मलाई ऋणदेखि केही चिन्ता थिएन् । छोरीको विहे भएको केही दिन नवित्दै ससुरालीपक्षको कठोर हिंसामा परेकी छिन् । म छोरीलाई न्याय दिलाउनका लागि ऋण लिएर घरबाट यहाँ आएको छु । यहाँ न्याय पनि पाईन्, ऋणमा उठाएको पैसा पनि खर्च भएछ । विवाहमा खर्च गरेको पैसाको ऋण चुक्ता गर्न म भारतको लुधियाना जाने प्लान स्थगित गरेर छोरीको न्याय दिलाउनेपथमा छु तर यहाँ त अर्कै सिस्टम रहेको छ ।’


उनकी १९ बर्षिया छोरीको गौशाला ५ का रामचन्द्र साहका जेठा छोरा लालेन्द्र साहसँग गत असारमा विवाह भएको थियो । विवाह भएको केही दिन वित्दै ससुरालीपक्षले कुटपिट गर्दै छोरीलाई जर्वजस्ती देवर शैलेन्द्रसँग शारिरीक सम्बन्ध वनाउनका लागि विवश पारेका थिए । हिंसा सह्न नसकेपछि गत सातामात्रे समाजले छोरीको विवाह देवरसँग विवाह गरिदिएका थिए । ती युवतीले भनिन अहिले पनि घरपरिवारले कुटपिट गर्नुको साथै अहिलेको श्रीमानले पनि यातना दिदै आएका छन् ।

प्रतिक्रिया