Friday 12th of April 2024

१७ मिनेटमा बिबाह सम्पन्न भयो

0 Shares


रामनारायण यादव, सप्तरी । नत त्यहाँ विहेको मण्डप नै सजाईएको थियो, नत बेहुला बेहुलीलाई नै सजाईएको थियो । सामान्य औपचारिक परिधानमा बेहुला र बेहुली पालै पालो आएर एक लाईनमा छुटिएर बसे । टीभी स्कृनमा रमयणी पाठ बजाईयो । बेहुला बेहुली सहित त्यहाँ उपस्थित पुरुष र महिलाहरु टीभी स्कृनमा बजिरहेको पाठ जप्न थाले । पाठ सक्नु अगाबै एक जनाले पालैपालो बेहुला र बेहुलीको हातमा रक्षा सुत्र बाधी दिए ।

टीभि स्कृनमा बजि रहेको पाठ सकिए पछि बेहुला र बेहुली एकसाथ एउटा तस्वीर अगाडी शास्टाङ दण्डवत गरी तस्वीरलाई ढोगेर उभिए । एक छिन अगाडि ती दुबैको हातमा रक्षासुत्र बाधिदिएका व्यक्तिले दुबै जनालाई पुस्तक उपहार दिए र विहे सम्पन्न भएको घोषणा गरे ।

माथिको दृष्टान्त कुनै नाटक वा चलचित्रको दृश्य भने होइन् । सयौ जना पुरुष र महिलाको अगाडि भएको एयटा घटना हो । जुन १७ मिनेटमा सम्पन्न भयो । कबीर धर्म मान्नेहरुले यसलाई रमणीय विवाह भने गर्दछ । रमणीय विवाह अर्थात आर्दश बिहे । 
राजविराज स्थित पूर्णब्रह्म कबीर उपासक समाजको कार्यालयमा कबीर धर्म मान्ने दुई फरक जातिका बीच माथी उल्लेख गरीए झै यस्तै एउटा अनौठो अन्तरजातिय विहे सम्पन्न भएको छ ।

बेहुला मधेशको साह थर भएका तेली जातको र बेहुली मधेशकै यादव जातिकी हुन् । सप्तरीको बोदेबसाईन नगरपालिका वडा नम्वर ९ देउरी बस्ने सितादेवी साहका २४ वर्षीय छोरा हरिनारायण साह र सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्वर १९ सन्हैठा बस्ने रामप्रकाश यादव र सिला दिवी यादवकी २१ वर्षीया छोरी  अम्बिका कुमारी यादवको कबीर धर्मका धर्मगुरु सन्त रामपालको तस्वीरलाई साक्षी राखेर कबीर मार्गिहरुको उपस्थितीमा विहे सम्पन्न भएको छ ।

वेहुला र बेहुली दुबै पक्षका अविभावक सहित परिवारका सबै सदस्यहरु कबीरपन्थी हुन् । मधेशी समाजमा दहेज प्रथाले विकराल रुप धारण गर्नुका साथै दाईजोको नाममा व्यवसायी भईरहेको अवस्थामा आर्थिक दावाव मुक्त समाज निर्माण गर्न रमणीय विवाह (दाईजो मुक्त विहे) सप्तरीमै पहिलो पटक भएको कबीर उपासक समाज सप्तरीका संयोजक विवेकान्द सिंहले बताए ।

दुबै पक्षको अविभावकको मन्जुरीमा कानून बमौजिम जिल्ला अदालत सिरहामा विहे दर्ता गरी अध्यात्मिक विधिबाट सार्वजनिक रुपमा बिहे सम्पन्न गरिएको संयोजक सिंहले बताए ।

मानवबीच कुनै विभेद हुनु हुर्दैन, नत जातीय आधारमा यसलाई बाडिनु पर्दछ भने मान्यतालाई स्थापित गर्न आफ्नो छोरीको अन्तर जातिय विहे गरेको बेहुलीका बुबा रामप्रकाश यादवले बताए ।

प्रतिक्रिया